×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता : साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता

SAGARMATHA CEMENTS

काठमाडौँ । नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच आज भएको भेटवार्तामा उनीहरुले दुई देशका साझा मुद्दामा एकीकृत भएर अगाडि बढ्ने ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा मन्त्री भुसालले जलवायु परिवर्तनका लागि नेपालले कुनै योगदान नगरेको तर त्यसको असर भोग्नुपरेकाले फिनल्याण्ड सरकारसँग साझेदारी गरेर अगाडि बढ्न चाहेको बताए । उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न भइरहेको प्रकोपको असर कम गर्नका लागि फिनल्याण्ड सरकारबाट प्राप्त सहयोग थप विस्तार गर्न आग्रह गरे । मन्त्री भुसालले भने, ‘जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीचको सहकार्यलाई विस्तार गरौँ, हवाई उड्डयनको पूर्वानुमानलाई पनि थप प्रभावकारी तुल्याउनका लागि प्रविधिमैत्री बनाउनुपर्छ । त्यसका लागि हामीलाई फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’

नेपालको ऊर्जा क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनका लागि जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको जलविद्युत् विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बूढीगण्डकीजस्ता ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा सरकारले प्राथमिकता दिएको छ, त्यसका लागि ठूलो आर्थिक आवश्यकता पर्छ, बूढीगण्डकी आयोजना निर्माणका लागि फिनल्याण्ड सरकारको सहयोग आवश्यक छ ।’ उनीले आफ्नो देशले स्वच्छ ऊर्जालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै हाइड्रोजन ऊर्जा विकास गर्नका लागि प्रविधि हस्तान्तरण गरेर सहयोग गर्न आग्रह गरे ।

त्यसैगरी फिनल्यण्डका मन्त्री स्किन्नरीबीले नेपालको सामाजिक विकास र जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने असर कम गर्ने विषयमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनका हाम्रो साझा समस्या हो, यसको असर कम गर्न हामी नेपाललाई सहयोग गर्नेछौँ ।’ जलवायु परिवर्तनको असर कम गर्न र नेपालको ऊर्जा तथा सामाजिक विकासमा थप सहयोग गर्नका लागि तत्पर रहेको उल्लेख गर्दै मन्त्री स्किन्नरीबीले जैविक इन्धनको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो भेटघाटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, डिएचएमका महानिर्देशक कमलराम जोशी र फिनल्याण्डका तर्फबाट नेपालका लागि फिनल्याण्डका राजदूत पर्ती एन्टिनेन, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआइ)का महानिर्देशक जुस्सी काउरोलालगायतको सहभागिता रहेको छ ।

नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई)बीच सन् २०१० देखि मौसम पूर्वाअनुमानका विषयमा सहकार्य हुँदै आएको छ । सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि फिनल्याण्डले नेपालाई ऊर्जा विकास, सरसफाइ, खानेपानी तथा मौसम तथा उड्डयनको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यसअघि जलस्रोत तथा सिँचाइ सचिव राई र फिनल्याण्डको यातायात तथा सञ्चार सचिव डा. पेल्भी टोर्स्टीबीच जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्ने विषयमा छुट्टै छलफल भएको थियो । डिएचएम र एफएमआईबीच थप सहकार्य गर्ने विषयमा उहरूबीच छलफल भएको हो । पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउने विषयमा छलफल भएको सचिव राईले जानकारी दिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasaroka[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal