×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप-३ : विवरण लुकाउने सीएचडिसीविलाई सोधियो स्पष्टिकरण, नेप्सेले ‘बिग प्लेयर’लाई कार्वाही गर्ने आँट गर्ला ?

काठमाडौँ । सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि सेयर लगानीकर्ताले हालेको उजुरीउपर प्रक्रिया अगाडी बढेको छ । सेयर लगानीकर्ताको अधिकारमाथि धावा बोल्दै विवरण लुकाउने कम्पनीमाथि नेप्सेमा उजुरी परेपछि नेप्सेले यस विषयमा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । अव कम्पनीसँग कि साधारण सभा गर्ने, विवरण सेयरधनीहरुलाई देखाउने वा नेप्सेको कारवाही भोग्ने विकल्प रहन्छ । कम्पनीविरुद्ध उता कम्पनी रजिष्ट्रारको कार्यालयमासमेत उजुरी परिसकेको छ । कार्यालयले पनि कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राख्दै आएको छ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको गरेको उर्दी अनुसार कम्पनीले आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनीको समेत विवरण आफ्नो विवरणमा उल्लेख गर्नुपर्छ ।

यता कम्पनी ऐनले पनि आफ्नो स्वामित्वमा रहेको सहायक कम्पनीको विवरण आफ्नो बित्तिय विवरणमा उल्लेख हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर प्रचलित कानुनको धज्जी उडाएर यो कम्पनीले आफ्नो सहायक कम्पनी गण्डकी इनर्जी लिमिटेडको विवरण लुकाएर लगानीकर्तामाथि घात गरेको आरोप लगानीकर्ताहरुको छ । यहि खबर अर्थ सरोकारले प्रकाशन गरेपछि जागरुक भएका सेयरधनीमध्ये एक सेयरधनी रितेश अधिकारीले कम्पनीको विवरण र सूचना लुकाइएको भन्दै नेप्सेमा आवश्यक कारवाही प्रक्रिया अगाडी बढाई सो कम्पनीको सूचना पाउँ भनी निवेदन दिएका थिए । सोहि निवेदनपछि नेप्सेले कम्पनीलाई यस विषयमा स्पष्टीकरण सोधेको हो ।

सीएचडिसीसँग गण्डकी इनर्जी लिमिटेडको शतप्रतिशत स्वामित्व छ भने लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडमा गण्डकी इनर्जी लिमिटेडको ८४.१९ प्रतिशत सेयर छ । लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको राधी हाइड्रोपावरमा समेत लगानी छ । राधीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनअनुसार राधीमा लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको ४७.६२ प्रतिशत सेयर रहेको थियो । तर यो विवरण लुकाएर कम्पनीले सेयरधनीहरुलाई गुमराहमा राखिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: