×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तको खुद नाफा घट्यो प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गणपति लघुवित्तको खुद नाफा घट्यो प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासमा १ करोड ८६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५४.७५ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद व्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको नाफामा गिरावट आएको हो ।

कम्पनीको रिजर्भ कोष १३.६५ प्रतिशतले घटेर १ अर्ब ९ करोड ५७ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५ पैसाले घटेर १२ रुपैयाँ २८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी