काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।