काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७ सय ०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।