काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।