काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले गुरु ट्राभल्स लिमिटेड कम्पनी संचालनमा ल्याउने भएका छन् । कुल ५ जना संचालक समिति रहेको गुरु ट्राभल्स लिमिटेड कम्पनीको आगामी शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा औपचारीक सुरुवात गर्ने कार्यक्रम रहेको छ ।
लामो समय नेपाल प्रहरीमा व्यतित गरेका शर्माले ‘पर्यटन नै विकासको मेरुदण्ड’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै पर्यटन व्यवसाय संचालन गर्न लागेको बताएका छन् । कम्पनीले पर्यटन प्रबद्र्धनमा उल्लेख्य भुमिका निर्वाह गरी धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको शर्माले बताए । त्यस्तै कम्पनीले स्थापना भएको ३ वर्षभित्रमा सर्वसाधारणका लागि प्राथामिक सेयर निष्कासन गर्ने लक्ष्य समेत लिएको छ ।
नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने कम्पनीका ट्राभल्सलाई स्थापित गर्ने लक्ष्य रहेको व्यवस्थापन टोलीका सदस्य मधुसुधन उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायका अनुसार यस कम्पनीमा एआईजी शर्मासहित ६० जनाको संस्थागत लगानी रहेको छ । कम्पनीको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ ।
सुरुवाती चरणमा कम्पनीले राष्ट्रिय–अन्तर्राष्ट्रिय टिकेटिङ, होटल बुकिङ देखि टुर र ट्राभल प्याकेज बिक्रीको काम सुरु गर्नेछ । आईपीओ निष्कासनपछि भने कम्पनीको आफ्नै होटल तथा पर्यटन सवारीमा लगानी गर्ने लक्ष्य राखेको उपाध्यायले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्