×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआईडिसिएलको खुद नाफा २२.०८ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एचआईडिसिएलको खुद नाफा २२.०८ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ?

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ९७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतवर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दे एचआईडिसिएलले अघिल्लो वर्षको तुलनामा खुद नाफामा २२.०८ प्रतिशतले वृद्धि गरेको जनाएको हो । अघिल्लो वर्षको समिक्षा अवधिसम्ममा कम्पनीको खुद नाफा ७९ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

एचआईडिसिएलले समिक्षा अवधिसम्ममा सञ्चालन आम्दानी २४९.३९ प्रतिशतले र वित्तीय आम्दानी १८.७७ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको लाभांश आम्दानी ३१.३३ प्रतिशत र अन्य आम्दानी भने २४१.१२ प्रतिशत बढेको छ । त्यस्तै, हाल कम्पनीको २० अर्ब ७१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ र जगेडा कोष भने समीक्षा अवधिमा ५.०८ प्रतिशत घटेको छ ।

कम्पनीको नाफा बढेपनि प्रति सेयर आम्दानी भने घटेको छ । असार मसान्तसम्म आईपुग्दा कम्पनीको प्रति सेयर आम्दानी १३ पैसा घटेर ४ रुपैयाँ ७१ पैसामा पुगेको छ र प्रति सेयर नेटवर्थ १०८ रुपैयाँ ८ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ४२.४४ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी