काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भदौ १९ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले यस अघि भदौ ३ गते डाकेको सभामा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित गर्नुपरेको थियो । अब फेरि सभा लिसारा ब्यांकेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुने भएको छ। गत साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने एजेण्डा समेत रहेको छ ।
साथै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहको छ । सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको थियो । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्