×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको खुद नाफामा १७ प्रतिशतले गिरावट, वितरण योग्य मुनाफा घट्यो, ईपिएस पनि निराशाजनक ? (विवरणसहित)

काठमाडौं । हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको खुद नाफामा गिरावट आएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष बैंकको खुद नाफामा १७.२२ प्रतिशतले गिरावट आएको हो । अघिल्लो वर्ष २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको हिमालयन बैंकले गत वर्षमा भने २ अर्ब ४८ करोड २१ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घट्दा बैंकको नाफामा गिरावट आएको प्रक्षेपण बैंकको रहेको छ । त्यस्तै गतवर्ष को चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानीमा ३१.०५ प्रतिशतले वृद्धि भएको छ । बैंकको कुल सञ्चालन आम्दानी भने ८.२८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकको सञ्चालन मुनाफामा पनि १७.८१ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ रकोड रुपैयाँ अन्य सञ्चालन आम्दानी रहेको गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपछि बैंकको कुल आम्दानी र सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ । नाफा घटेसँगै बैंकको ईपिएस पनि घटेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: