×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी एक जना पक्राउ, थप अनुसन्धान जारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साढे ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी एक जना पक्राउ, थप अनुसन्धान जारी !

रासस

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई आज राति पक्राउ गरेको हो । बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु. ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु. १७ लाख ५० हजार गरी रु. ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी