×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुरोट, सुर्ती र तासको प्रतिबन्ध खुल्यो, मदिरा, मोटरसाइकल र मोबाइलको प्रतिबन्ध असोज २८ गतेसम्म कायमै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चुरोट, सुर्ती र तासको प्रतिबन्ध खुल्यो, मदिरा, मोटरसाइकल र मोबाइलको प्रतिबन्ध असोज २८ गतेसम्म कायमै !

Artha Sarokar

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले चुरोट तथा सुर्तीजन्य वस्तुको आयात प्रतिबन्ध खुलाएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब सृजना भएपछि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । तर, मंगलबार सरकारले व्यपारीसँगको सौदाबाजीमा चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे-कुरमुरे-लेज, रंगीन टीभी र हिराको आयात खुलाउने निर्णय गरेको हो ।

सरकारले प्रतिबन्ध खुलाएको तासको आयात भने जुवा ऐन २०२२ विपरित छ । जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउन ऐनले निर्देशन दिएको भएपनि सरकारले तासको आयात खुकुलो गरेसँगै यो निर्णय विवादित बनेको हो । यसो त जुवा ऐन २०२२ को दफा ४ (क) ले कुनै व्यक्तिले जुवा खेलेमा पहिलो पटकलाई २ सय जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिना कैद र तेस्रो पटकदेखिलाई १ वर्ष कैदको व्यवस्था गरेको छ ।

सरकारले दशैं तिहारलाई लक्षित गर्दै प्रतिबन्ध खुकुलो बनाएको भएपनि आवश्यकता अनुसार प्रतिबन्धलाई व्यवस्थित बनाउन नसकेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । ‘चुरोट, तास, सुर्ती अतिआवश्यक सामाग्रीमा पर्दैनन्’, उनले भने, ‘यसको प्रतिबन्ध खोल्नु भनेको चाडपर्व भड्किलो बनाउनु र विकृति भित्र्याउनु हो ।’

त्यस्तै सरकारले जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध भने असोज २८ गतेसम्म लम्बाएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी