×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

रिसोर्ट र पार्कबाट आम्दानी, स्थानीयका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास

SAGARMATHA CEMENTS

विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् । एक उद्यमीले मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ । आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल,फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको रिसोर्टका प्रबन्धक भोजन राईले जानकारी दिए । बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ । अहिले तत्काल रु. दुई करोड खर्च गरेर बनाइएको भौत्तिक संरचनाभित्र चार कठ्ठा जग्गामा विभिन्न प्रजातिका हेलिङसेन्टर पनि निर्माण गरिएको छ । कुरिलो र गुर्जोको खेती पनि सुरु गरिएको सो रिसोर्ट स्थानीय व्यक्तिका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास गरिएको छ ।

बेलबारी नगरपालिका–२ स्थित लालभित्तीको सो रिसोर्टमा आउने मानिसले लोहन्द्रा खोलामा कलकल पानी बगेको र चारैतिर हरियाली हेर्न, चराचुरङ्गीको आवाज सुन्न तथा शिरानतर्फ चुरे पहाडको दुष्यावलोकन गर्न पाउँदा झन मन आनन्दित हुने विश्वास गरिएको छ । यसैगरी उद्यमी तामाङले विराटनगर निवासी सञ्जय अग्रवालसँगको साझेदारीमा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा ओसियन पार्क पनि निर्माण गरेका छन् । नेपालकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको सो पार्कमा, वाटर पार्क, होटल, लज, हेल्थ क्लबजस्ता सुविधा रहेको उनले जानकारी दिए ।

एघार वर्ष अघि रु. २१ करोडको लागतमा सञ्चालनमा ल्याइएको सो पार्कको क्षेत्रफल तीन बिघा छ । प्रवेश शुल्क निःशुल्क रहेको पार्कमा चाडपर्व र बिदाको दिन अत्यधिक भीड लाग्ने गरेको छ । कारोनाकालमा केही मन्दी आए पनि हाल पार्कले आम्दानी दिन थालेकोमा उद्यमी तामाङले खुसी व्यक्त गरे ।यी दुबै पार्कमा दर्जनौँ मानिसले नियमीत रोजगारी पनि पाएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal