काठमाडौं । सुनसरीमा दुईवटा विद्यालय परियोजनाको उद्घाटन गरिएको छ । भारतीय राजदुत नवीन श्रीवास्तव र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार सो विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपाल-भारतको समन्वयमा उद्घाटन गरिएको सो परियोजनामा नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र श्री महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालयको भवन रहेका छन् । भारत सरकारको ४ करोड ८९ लाख लगानीमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई परियोजनाको कार्यान्वयन गरेको भारतीय राजदुतावास काठमाडौंले जनाएको छ ।
सुनसरीमा उद्घाटन भएको सो योजना भारत सरकारले आफ्नो ७५औँ स्वतन्त्र दिवसको अवसरमा अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक भएको भारतीय दुतावासले जनाएको छ ।
भारतीय दुतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं. १ मा ८० वटा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्