×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपीओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ७ गतेदेखि १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २१ गतेसम्म र ढीलोमा असोज ५ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई कियर एनपी डबल बी प्लस प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: