×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारी नियन्त्रण गर्न नेपाली उपभोक्ता संरक्षण महासङ्घ आग्रह

अर्थ सरोकार

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार

PRIME CA

कालोबजारी नियन्त्रण गर्न नेपाली उपभोक्ता संरक्षण महासङ्घ आग्रह

काठमाडौँ । चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासङ्घले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । उनले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताएका हुन् । उनले उपभोक्ता विरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

कार्यक्रममा महासङ्घका प्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए । महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । महासङ्घको सात वटा प्रदेश समितिहरु तथा विभिन्न जिल्ला समिति क्रियाशील छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: