×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ मलको अनधिकृत संरचनामाथि महानगरले डोजर चलायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँ मलको अनधिकृत संरचनामाथि महानगरले डोजर चलायो

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौँ मलमा अबैध रुपमा बनाइएका संरचना हटाएको छ । काठमाडौँ मल कर्मचारी संचय कोषको स्वामित्वमा रहेको छ । अनधिकृत रुपमा नक्सा विपरित संरचना बनाएर उपयोग गरेको पाएपछि महानगरले सो संरचना हटाएको हो ।

बुधबार बिहान मेयर बालेन्द्र शाह र ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीको उपस्थितिमा मलको अनधिकृत संरचना हटाएको हो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचनाहरु भत्काइरहेको छ ।

केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका नियमविपरित अन्डरग्राउण्ड पार्किङ संचालन भएका पसलहरू भत्काएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी