काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले चौथो त्रैमसको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनी २ करोड ८४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ३ करोड ८५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले अहिलेसम्म विद्युत बिक्रिबाट आम्दानी गरेको छैन ।
यस्तै, लिवर्टीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोष भने १७ करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।