Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक र फेकनबीच व्यवसायिक सम्झौता, शैक्षिक कर्जा र अन्य बैंकिङ सुविधामा सहुलियतको व्यवस्था

अर्थ सरोकार

काठमाडौं । बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्ने उद्धेश्य अनुरुप माछापुच्छ्र्रे बैंक र फेकनबीच व्यवसायिक सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले कर्जा एवं अन्य बैंकिङ सुविधाहरुमा विषेश सहुलियत दिने भएको छ । योसँगै फेकनमा आवद्ध कन्सल्टेन्सीहरुले निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधामा सहुलियत पाउने भएका छन् ।

सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका थिए साथै माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने सम्झौतामा व्यवस्था गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK