काठमाडौं । भक्तपुरमा नियमविपरित निर्माण गरिएका संरचनाविरुद्ध मध्यपुर थिमि नगरपालिका एक्सनमा उत्रिएको छ । मंगलबार नगरपालिकाले एक सूचना जारी गर्दै अवैध संरचना र फुटपाथ खाली गर्न ३५ दिने सूचना जारी गरेको हो ।
नगरपालिका भित्र नक्सा पास बिनै अनाधिकृत रुपमा निर्माण गरिएका संरचनाले नगरपालिकाको सौन्दर्यता र पार्किङमा कुरुपता सृजना गरेको भन्दै नगरपालिका एक्सनमा उत्रिएको हो । अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरुमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिको निर्देशन दिएको हो ।
सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो । नगरपालिकाले जारी गरेको सूचनाका आधारमा आगमी ३५ दिनभित्र अवैध रुपमा निर्माण गरिएका संरचना हटाउनुपर्नेछ । निर्देशनको पालना नगरे कानुनबमोजिम कार्वाही गर्नुका साथै नगरपालिका आफै संरचना हटाउन बाध्य हुने नगरपालिकाले जनाएको छ ।
यस्तो छ नगरपालिकाले जारी गरेको सुचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्