काठमाडौं । मानुषी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन खुद नाफा गत वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको थियो । यस्तै कम्पनीकोे खुद ब्याज आम्दानी २४.०५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ६१४.५८ प्रतिशतले घटेको हो । सञ्चालन मुनाफा ९ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने यसले १३ करोड ४६ लाख रुपैयाँ राइट ब्याक गरेको हो ।
यस्तै, लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । मानुषीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष ९०.३१ प्रतिशतले बढेको छ ।
लघुवित्तको रिजर्भमा ६ करोड ४९ लाख रुपैयाँ जम्मा भएको छ भने कम्पनीको खराब कर्जा अनुपात ५.८१ प्रतिशत बाट घटेर ३.२० प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा कायम भएको छ र प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ४३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्