बनियानी । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू. ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए । कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू. तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू. ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू. दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ रू. १९ करोड ३३ लाख ७८ हजार २४३ राजस्व सङ्कलन गरेको थियो ।
प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी रू. ८२ करोड १८ लाख ३७४ र संघीय कोषमा जम्मा हुने गरी रू. तीन करोड ९३ लाख सात हजार २५० राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताए । कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्