×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको खुद नाफामा १८.४७ प्रतिशतले वृद्धि, अधिकांश सूचकमा सकरात्मक सुधार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकको खुद नाफामा १८.४७ प्रतिशतले वृद्धि, अधिकांश सूचकमा सकरात्मक सुधार (विवरणसहित)

Artha Sarokar

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको खुद नाफामा १८ प्रतिशतले बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १८.४७ प्रतिशत बढी खुद नाफा कमाएको बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ । त्यस्ते बैंकको कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी