×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको भवनमा बनाइएको अवैध संरचना हटाउन बालेनको निर्देशन

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकको भवनमा बनाइएको अवैध संरचना हटाउन बालेनको निर्देशन

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाहले नबिल बैंकको भवनमा निर्माण गरिएको अवैध संरचना हटाउन निर्देशन दिएका छन् । बुधबार नक्सा पास बिनै निर्माण गरिएका संरचना भत्काउने अभियानमा रहेका शाहले न्युरोडस्थित बैंकको भवनमा अनधिकृत रुपमा बनाइएको भवन भत्काउन निर्देशन दिएका हुन् ।

बैंकको उक्त भवनको बेसमेन्टमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महनगरपालिकाभित्र बनेको अनधिकृत संरचना हटाउनका लागि साउनको पहिलो साता नै सूचना जारी गरेको थियो । अनुगमनका क्रममा बैंकको सो भवनमा नक्सा प्रयोजन विपरित संरचना निर्माण गरिएको पाइएपछि महानगरपालिकाले संरचना हटाउन निर्देशन दिएको हो ।

बुधबारमात्रै महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका काठमाडौं मल र खिचा पोखरीस्थित आरबि कम्प्लेक्स लगायतका क्षेत्रमा डोजर चलाएर संरचना भत्काएको छ ।

यो पनि पढ्नुहोस : 

अवैध संरचना भत्काउदै महानगरपालिका

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: