काठमाडौं । नेसनल हाइड्रोपावरको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा भदौ १० गते हुने भएको हो । सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बिहीबार बुक क्लोज गरेको हो । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्