काठमाडौं । नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ रहेको खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी २७.६३ प्रतिशतले र सञ्चालन नाफा २७.५३ प्रतिशतले बढेको छ भने रिजर्भ कोषमा पनि ११५.२४ प्रतिशतले बढेको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको खराब कर्जा २.९४ प्रीतशतबाट घटेर २.४५ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ३३ रुपैयाँ ३४ पैसाले घटेर ६८ रुपैयाँ ४४ पैसामा सिमित भएको छ । प्रतिसेयर नेटवर्थ भने २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्