काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कर्जा प्रवाहका लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार अब घरजग्गा धितो राखेर नयाँ कर्जा लिन, कर्जा थप्न वा कर्जा नविकरण गर्दा कडाई गरिने छ । नयाँ कर्जा प्रवाह, थप कर्जा वा नवविकरण गर्दा काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा अधिकतम ४० प्रतिशत मात्रै कायम गर्नुपर्ने सर्कुलरमा व्यवस्था छ ।
यसभन्दा अगाडी नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा सो कुरा उल्लेख गरेको थियो । सोही अनुरुप बुधबार सर्कुलर जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा धितो राखेर प्रवाह हुने कर्जा र सोको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानमा बढीमा ५० प्रतिशत थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिने लगायत जुनकुनै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरुप्रति ग्राहक ५० लाख रुपैयाँ मात्रै प्रवाह गर्ने व्यवस्था यथावत राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्