काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि भाद्र ७ गते आह्वान गरिएको नेपाल बन्दलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
४ कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै भोलि नेपाल बन्दको आह्वान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा ९माओवादी समाजवादी ० का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
४ पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजीविका, असिमित मुल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका विरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेको उल्लेख गर्दै यहि भदौ ७ गते ‘नेपाल बन्द’ को आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि आवश्यक सहगोग गरिदिन आग्रह गर्दछौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्