×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता

अर्थ सरोकार

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार

PRIME CA

नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउनेसम्बन्धी आज सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज एक समारोहका बीच उक्त विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्याँसको खपत घटाउने तथा विद्युत् उपयोगलाई बढाउँदै लैजाने लक्ष्यअनुरुप प्राधिकरणले काम गरिरहेको बताएका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताए । उनले आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरेका छन् ।

सो सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित दुई पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्मको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको कामसमेत हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: