×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । आज भदौ १३ गते सोमबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुने भएको छ ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

नेपाल राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल मंसिर १३ गते परिपक्व हुनेछ । यस अघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी