×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल टेलिकम: नाफा बढ्यो, ईपीएस घट्यो

काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ३८ करोड खुद नाफा आर्जन गरेको छ । गतवर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दे टेलिकमले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १७.५४ प्रतिशतले वृद्धि गरेको जनाएको हो । अघिल्लो वर्षको समिक्षा अवधिसम्ममा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

टेलिकमले समिक्षा अवधिसम्ममा सेवा व्यापारबाट हुने आम्दानी ३७ अर्ब ८८ करोड रुपैँया पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा टेलिकमको सेवा व्यापारबाट हुने आम्दानी ३५ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा अन्य श्रोतबाट हुने आम्दानी ६ अर्ब २७ करोड रुपैँया रहेको थियो भने गतवर्ष सो आम्दानी ६ अर्ब ४३ करोड रुपैँया टेलिकमले सर्वाजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै हाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैँया छ भने जगेडा कोषमा ७७ अर्ब ६ करोड रुपैँया रहेको छ । यता गतवर्ष कम्पनीको प्रतिसेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको भन्दा गिरावट आएको छ । गतवर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४६ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: