Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्तको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २७.७८ प्रतिशतले बढ्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको खुद नाफा २३ करोड ३० लाख १ हजार रुपैँया पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा २७.७८ प्रतिशतले खुद नाफामा वृद्धि भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिसम्म बैंकले १८ करोड २३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेरुडे लघुवित्तले १५ करोड ५८ लाख ४६ हजार राइट ब्याक गरेको छ । लघुवित्तको रिजर्भ कोष २४.५८ प्रतिशतले बढेर ७९ करोड १४ लाख ४१ हजार रुपैयाँ भएको छ । यसको खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा भने घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९१ पैसाले बढेर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ भने  प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK