काठमाडौं । ङादी ग्रुप पावरले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस हकप्रदमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
त्यस्तै, असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै, सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल ङादीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्