×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ तलब बचत खाता योजनाः यस्ता छन् अनेक फाइदा…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ तलब बचत खाता योजनाः यस्ता छन् अनेक फाइदा…

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंकले बचत खाताका विभिन्न योजनाहरु बजारमा ल्याएको छ । युवा, ज्येष्ठ नागरिक, कर्मचारी लगायत विभिन्न वर्गलाई लक्षित गर्दै बैंकले ल्याएका योजनाहरुको लोकप्रियता पनि त्यत्तिकै बढ्दो छ । यसैबीच बैंकले ल्याएको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ पनि अहिले धेरैको रोजाईमा परेको छ । विभिन्न कम्पनी तथा संघ संस्थाहरुलाई लक्षित गर्दै सहज बैंकिङ्ग सेवा उपलब्ध गराउन उत्कृष्ट फाइदा सहित बैंकले ल्याएको ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा ग्राहकको उपस्थिति उलेख्य बढेको बैंकले जनाएको छ । यसो बैंकिङ क्षेत्रमा यस्तो सुविधा सहित एकमुष्ठ यति फाइदा एनआईसी एशियाको पहिलो रहेको बैंकको दाबी छ ।

बैंकले ल्याएको ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा ग्राहकले ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरु, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरु तथा विभिन्न १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एनआईसी एशियाको सो योजनाको ग्राहक बन्न चाहनेहरुले आवश्यकता र अवस्थाका आधारमा ‘सर्वश्रेष्ठ तलब बचत खाता’का तीन प्रकारको श्रेणीबाट सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यसो त एनआईसी एशिया बैंकले ल्याएको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ खोल्नका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन । त्यसेमाथि यो खाता खोल्ने ग्राहकले वार्षिक ८.०३ प्रतिशतका दरले ब्याज पाउनेछन् । बैंकको सर्वश्रेष्ठ तलब बचत खाताको ग्राहक हुन चाहने सेवाग्राहीहरुले ‘एनआईसी एसिया गुडविल एम्बेसडर’, ‘द प्राइड अफ एनआईसी एसिया’ र ‘द पार्टनर अफ एनआईसी एसिया खाता’ गरी तीन श्रेणीका खाताबाट आफुलाई मनपरेको खाता खोली फाइदा लिन सक्नेछन् ।

‘एनआईसी एसिया गुडविल एम्बेसडर खाता’ खोल्नका लागि कम्तीमा ५० वा सो भन्दा माथिको संख्यामा कर्मचारी हुनुपर्ने मापदण्ड रहेको बैंकले जनाएको छ । त्यस्तै ‘प्राइड अफ एनआईसी एसिया खाता’ खोल्नका लागि कम्तिमा ५ देखि ४९ जनासम्म कर्मचारी हुनुपर्ने प्रावधान रहेको छ भने ‘द पार्टनर अफ एनआईसी एसिया योजना’ अन्तर्गत खाता खोल्न ५ वा सो भन्दा कम संख्यामा कर्मचारी भएका संघसंस्थाले पनि यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

‘सर्वश्रेष्ठ बचत खाता’मा बीमा फाइदा
बचतसँगै ब्याजदरमा राम्रो ‘पर्फमेन्स’ रहेको एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा १० देखि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधासमेत संलग्न रहेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको ‘सर्वश्रेष्ठ तलब खाता’ खोल्ने ग्राहकले ८४ लाख रुपैयाँसम्मको ३ वटा बीमाका फाइदाहरु ५ वर्षसम्म प्राप्त गर्न सक्नेछन् । बैंकको यो योजनामा ग्राहकले श्रेणीका आधारमा बीमा फाइदाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत ‘गुडविल एम्बेसडर’ खातामा ग्राहकले ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा लिन सक्नेछन् । जसअन्तर्गत ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, विभिन्न १८ प्रकारका घातक रोग लागेमा उपचारका लागि ४० लाख रुपैयाँको घातक रोग बीमा र औषधी उपचार वापत ४ लाख रुपैयाँसम्मको मेडिकल बीमाको फाइदा रहेको बैंकले जनाएको छ । यतिमात्र होइन यस योजना अन्तर्गत खातावालाले तोकेका परिवारका अन्य ३ जनाले पनि पाँच वर्षसम्म खातावाला लै नै पाउने बीमा सुविधा पाउनेछन् ।

त्यस्तै बैंकको सो योजना अन्तर्गत ‘द प्राइड अफ एनआईसी एसिया खाता’ खोल्ने ग्राहकका लागि पाँच वर्षसम्म ४२ लाख बराबरको बीमा सुविधा लिन सकिने व्यवस्था गरिएको छ । जसअन्तर्गत बचतकर्ताले २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, १८ प्रकारका घातक रोग लागेमा उपचारका लागि २० लाख रुपैयाँसम्मको घातक रोग बीमा र २ लाख रुपैयाँ सम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । यो खाताका ग्राहकले आफुले पाउने बीमा सुविधा परिवारको थप एकजना सदस्यका लागि समेत उपलब्ध गराउन सक्नेछन् ।

बैंकले ल्याएको सर्वश्रेष्ठ तलब बचत खाता अन्तर्गत ग्राहकले ‘द पार्टनर अफ एनआईसी एसिया’ खाता खोल्दा कुल २१ लाख बराबरको बीमा सुविधा लिन सक्ने बैंकले जनाएको छ । जसमा शारीरिक अशक्तता वा मृत्यु भएको खण्डमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १० लाखको घातक रोग बीमा र मेडिकल जाँच बापत १ लाख रुपैयाँसम्मको मेडिकल बीमाको सुविधा रहेको छ । यो योजनामा खातावालाले मात्रै बीमा सुविधा पाउने बैंकले जनाएको छ ।

‘सर्वश्रेष्ठ तलब बचत खाता’मा कर्जा फाइदा
पछिल्लो समय लोकप्रिय बन्दै गएको एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’मा बीमा सुविधासँगै विभिन्न ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरु पनि रहेको बैंकले जनाएको छ । खातावालाले पूर्वस्वीकृत कर्जा सीमा, पूर्व स्वीकृत कर्जा सीमामा आधारदर माथि लाग्ने प्रिमियम शुल्क तथा कर्जा प्रशासनिक शुल्कमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार सर्वश्रेष्ठ तलब बचता खाता खोल्ने बचतकर्तालाई कर्जा दिँदा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्रै लाग्ने छ भने बेस रेटमा १ प्रतिशत मात्रै प्रिमियम दर तोकेर कर्जा दिने बैंकले जनाएको छ । सो योजनामा ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल एण्ड ट्रान्जेक्सन सेवामा शुल्क फ्रि
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ खोल्ने ग्राहकले पाँच वर्षसम्म बैंकका सम्पूर्ण डिजिटल सेवाहरुको निःशुल्क रुपमा उपयोग गर्न पाउनेछन् । बैंकले दिने डेबिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ ५ वर्षसम्मको लागि निःशुल्क उपलब्ध गराइनेछ भने क्रेडिट कार्डको सीमा ५ लाखसम्म निःशुल्क र क्रेडिट कार्ड आबद्ध र जारी शुल्क निःशुल्क गराइने बैंकले जनाएको छ । क्रेडिट कार्डको वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, निःशुल्क चेक प्रोसेसिङ आरटीजीएस, आइपीएस शुल्क ५ वर्षको लागि निःशुल्क गरिएको छ । त्यसैगरी लकर सुविधा ५ वर्षसम्म निःशुल्क गर्नुका साथै लकर मार्जिनमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै, मुद्रा सटहीमा २५ पैसाको थप छुटको व्यवस्था गरिनेछ भने कुनै पनि स्वदेशी बैंकबाट नगद निकालेमा ५ वर्षसम्म अन्य कुनै शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ ।

सेवा प्रवाह भरपर्दो बनाउने ग्यारेन्टी
एनआईसी एसिया बैंकले प्रिभिलेज बैंकिङ्ग योजना अन्तर्गत सेवा प्रवाहलाई विश्वासिलो र भरपर्दो बनाउने ग्यारेन्टी दिएको छ । कुनै पनि संस्था वा कम्पनीले आफ्ना कर्मचारीका लागि एनआईसी एसिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एसिया र द पार्टनर अफ एनआईसी एसिया खाता खोल्दा सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५० प्रतिशत समय भित्र सेवा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ । यतिमात्र होइन निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय सेवाको लागि खातावालाले प्रतीक्षा गर्नुपरेको अवस्थामा बैंकले क्षतिपूर्ति स्वरुप १० रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी