×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा कार्यरत कर्मचारी मृत्यु प्रकरण : ‘टिकटक बनाउने विषयमा लफडा, बैंकले क्षतिपूर्ति दिएपछि कुरो मिल्यो…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बैंकमा कार्यरत कर्मचारी मृत्यु प्रकरण : ‘टिकटक बनाउने विषयमा लफडा, बैंकले क्षतिपूर्ति दिएपछि कुरो मिल्यो…’

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । २०७९ साल भाद्र ७ गते, बेलुकी ६:३० बजेको थियो । सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ को चौडाम खेतनजिकै रहेको सेती नदीमा भाद्र १० गते शुक्रबार स्थानीयले लास तैरिरहेको देखे । नग्न शरिरमाथि पानी बगिरहेको थियो । मृत लाश हेर्नैनसक्ने खालको थियो । लाशभरि किरैकिरा । यस्तो देखेपछि स्थानीयले प्रहरी बोलाए । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठायो, तर सो लाश कसको हो भन्ने थाहा भएन ।

लाश कसको हो भन्ने थाहा नभएपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्यो । नदीको बीचचमा सडिगली गएको शरीर, खप्परको छाला निस्केको, शरीरमा कुनै कपडा नभएको अवस्थामा अन्दाजी बर्ष ३५/४० को जस्तो देखिने पुरुष व्यक्तिको शब पहिचान नभएको भन्दै सो लाशको फोटो हेरी, चिनेजानेको व्यक्ति भए जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको शबबारे बुझ्न प्रहरी कार्यालय आउन भनियो । भद्र ८ गतेसम्म सो लाश कसको हो भन्ने थाहा नै भएन ।

सेती नदीमा कसैको लाश भेटिएको खबर गाउँभरि फैलियो । यहि बेला सोहि गाउँ बस्ने रोहित थापा घर नआएको केहि दिन भईसकेको थियो । शंका लागेर गाउँलेहरुले घटना बारे बुझे । नभन्दै गाउँका रोहित थापाकै लाश थियो त्यो भन्ने प्रमाणित भयो । थापा केहि समय यता एनआईसी एशिया बैंकमा सुरक्षाकर्मीका रुपमा कार्यरत थिए । बैंकका कर्मचारीले प्रहरीमा दिएको जानकारी अनुसार मृतक थापा भदौ ३ गते बैंकको बझाङ चैनपुर शाखाबाट ड्युटी सकेर ‘घर जान्छु’ भन्दै निस्किएका थिए । त्यसपछि उनी कार्यालय फर्केका थिएनन् । उनका परिवार थापा बैंकमै होलान् भनेर बसे ।

बैंकलाई दोषी देखाउँदै आफन्तले गरेको ढुंगामुढा
थापा नफर्के पनि बैंकले समेत खोजिनिधि नगरेको भन्दै परिवार आक्रोशित भयो । आफ्नो मान्छे बैंकबाट घर जान्छु भनेर हिडेको तर नफर्केको अवस्थामा प्रहरीलाई समयमा नै खबर नगरेको भन्दै आक्रोशित आफन्तले बैंकमा ढुंगामुढा गरे । आफन्तहरु भन्दै थिए- ‘यत्रो समय आफ्नो कर्मचारी हराउँदा प्रहरीलाई किन खबर गरिएन ?’ मृतक थापाका आफन्तले कार्यालयमा तोडफोड गरेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले बैंकमा सुरक्षा दिनुपर्ने स्थिति भयो । पहिinveलोपटक यस्तो घटना घटेकाले बैंकका कर्मचारी के गर्ने, के नगर्ने भन्ने द्विविधामा परे ।

निरन्तर बैंकको सेवा अवरुद्ध भएपछि बैंकले पनि सो घटनालाई निष्कर्षमा पुर्याउन स्थानीय प्रशासनको सहयोग माग्यो । पछि स्थानीय नेता, प्रहरीलाई साक्षी राखेर बैंक र मृतकका आफन्तबीच सहमति भयो । उनका आफन्तले बैंकले क्षतिपूर्ति दिनुपर्ने माग सहित लाश बुझ्न मानेका थिएनन् । क्षतिपूर्ति दिने सहमति भएपछि लाश उठ्यो । अहिले थापाको दाहासंस्कार गरिसकिएको छ ।

टिकटक बन्यो बहाना, थप अनुसन्धानमा प्रहरी !
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीका अनुसार ड्युटी सकेर घर फर्केका उनी त्यसपछि कार्यालय फर्केनन् । केही दिनपछि नदीमा शव भेटियो । ‘अझैसम्म अनुसन्धानको दायरामा कसैलाई नियन्त्रणमा लिएका छैनौं, कोही अनुसन्धानको दायरामा पनि परेका छैनन् । हाम्रो अनुसन्धान जारी छ ।’ –डिएसपी भण्डारीले अर्थ सरोकारसँग भने । धेरैले उनले आत्महत्या गरेको शंका गरेका छन् ।

यता जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सर्जन थापाले भने मृतक थापा बेपत्ता भएको दिन एनआईसी एशिया बैंकमा केहि लफडा भएको दाबी गरेका छन्। ‘बैंकमा स्टाफले कार्यालय समयमै टिकटक बनाएपछि थापाले टिकटक नबनाउन भन्दा दुवै बीच सामान्य कलहको अवस्था सृजना भएको रहेछ ।’ अध्यक्ष थापाले भने ‘घटना घट्यो भनेको दिन नै बैंकका हाकिम सरुवा हुन लागेका रहेछन् ।’ उनका अनुसार बैंक र मृतकका आफन्तबीच कुरा मिलिसकेकाले अहिले मृतकको दाहासंस्कार गरिसकिएको छ भने प्रहरीमा केस भने चलिनै रहेको छ ।

‘बैंकले क्षतिपूर्ति दिएपछि कुरा मिल्यो’
यता मृतकका भतिज पर्ने केशब थापाले पनि उनको मृत्युको कारण थाहा नभएको बताएका छन् । ‘उनी हराएको दिनदेखि नै हामीलाई उनको अवस्थाको बारेमा थाहा थिएन । घरमा सम्पर्क नभएको केही दिनपछि खोज्ने प्रयास त गर्यौं, तर भटेका थिएनौँ । पछि बेवारिसे शब फेला परेको खबर पाएपछि शव पहिचानका लागि जाँदा मात्रै उनी फेला परेका हुन् ।’, थापाले अर्थ सरोकारसँग भने -‘बैंकमा काम गर्थे । बैंकमा के भएको थियो भन्ने थाहा भएन । खासै मसँग पनि सम्पर्क हुँदैनथ्यो उनको । बैंकले मृतकका परिवारलाई राहत दिएपछि कुरा मिलिसकेको छ।’

बैंकले दिएको जानकारी अनुसार अहिले स्थिति सामान्य भईसकेको छ । बैंकले परिवारलाई दिने भनेको राहत दिईसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी