×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘न ह्याङ हुने चिन्ता, न लोड नहुने पीर, एनआईसी एशियाको ‘सेयर एप्लिकेशन फर्म’बाट सिधै भर्न सकिन्छ आइपीओ !’

काठमाडौं । एनआइसी एशिया बैंकबाट सेयर कारोबार गर्नेको संख्यामा पछिल्लो समय उल्लेख्य रुपमा वृद्धि भएको छ । बैंकले सेयर कारोबार गर्नेहरुका लागि विभिन्न सुविधा ल्याएसँगै बैंकमा ‘डिम्याट खाता’ खोल्नेसँगै कारोबार गर्नेहरु पनि बढेका छन् । यसो त एनआईसी एशिया बैंकले यसअघि नै सि-आश्वा शुल्क नलाग्ने गरी नियम ल्याएसँगै लगानीकर्ताहरुको रोजाईमा एनआईसी एशिया बैंक परेको छ । अझ अहिले एनआईसी एशिया बैंकका ग्राहकले सोझै बैंकको वेबसाइटबाट आइपीओ भर्न मिल्ने भएपछि बैंकबाटै सेयर कारोबार गर्नेहरुको संख्यामा वृद्धि भएको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको वेबसाइटबाट विभिन्न कम्पनीहरुले जारी गर्ने आइपीओमा आवेदन दिन सकिने भएपछि यसप्रति सेयर लगानीकर्ताहरुको लोकप्रियता बढ्दो देखिएको छ । ‘आइपीओ भर्दा मेरो सेयरमा ह्याङ्ग हुने समस्या धेरै छ । सायद ठुलो संख्यामा लगानीकर्ताले एकैपटक प्रयोग गर्ने भएर होला कहिलेकाहीँ त साह्रै झ्याउ हुन्छ’, सेयर बजारका एक लगानीकर्ताले अर्थ सरोकारसँग भने, ‘तर अहिले मेरो सेयरको विकल्प एनआईसी एशियाको वेबसाइट बनेको छ । न ह्याङ्ग हुने चिन्ता, न त झण्झटिलो नै । सजिलै वेबसाइटबाटै आइपीओ भर्न मिल्ने भएपछि मेरो रोजाईमा आजभोली एनआईसी एशिया बैंकको वेबसाइट नै परेको छ । र म यही प्रयोग गर्छु ।’
एनआईसी एशिया बैंकका ग्राहकले बैंकको वेबसाइट meroshare.nicasiabank.com/asba बाट सजिलै आवेदन दिन सक्नेछन् वा www.nicasiabank.com मा देखिने Apply now विकल्पमा क्लिक गरी सजिलै सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सो वेबसाइटमा आइपीओ खुलेका कम्पनीहरुमध्ये आफुले चाहेको कम्पनी छनौट गरी आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएका विवरण पक्का गरी कम्पनीको सर्त र नियम पालना गरेर Submit गरेपछि आवेद पूरा हुनेछ ।
यसरी बैंकले बैंककै वेबसाइटबाट सेयर आवेदन दिन सकिने सुविधा ल्याएसँगै बैंकका ग्राहकहरुले आइपीओ भर्नका लागि बैंकको वेबसाइट नै प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सेयर लगानीकर्ताहरुको सुविधाका लागि बैंकले थुप्रै नयाँ योजना तथा सेवा विस्तार गरेसँगै अहिले एनआईसी एशियाबाट सेयर कारोबार गर्नेहरुको संख्या बढेको बैंकले जनाएको छ । ‘विगतमा बैंकबाट सेयर भर्न मिल्छ भन्ने थाहा नहुँदा नागरिकहरु उही झण्झटिलो विधि अंगाल्न बाध्य थिए । यसभन्दा अघि हामीले बैंकको मेबाइल एपबाट पनि आइपीओ आवेदन दिनेगरी सेवा विस्तार गरिसकेका छौँ ।’ बैंकका एक कर्मचारीले अर्थ सरकोकारसँग भने– ‘अहिले बैंकमा दिनहुँ डिम्याट खाता खोल्नेको संख्यामा वृद्धि भएको छ । एनआईसी एशियाबाट आइपीओ भर्दा सीआश्वा शुल्क पनि नलाग्ने भएपछि र सहजै रुपमा आइपीओ भर्न मिल्ने भएपछि बैंकबाट सेयर कारोबार गर्नेहरु बढेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: