काठमाडौं । एनएमबि बैंक र माछापुच्छ्रे बैंकले गैरकानुनी रुपमा ग्राहकबाट रकम असुली गरेको पाइएको छ । नियामक धितोपत्र बोर्डले आस्वा शुल्कमा अधिकतम ५ रुपैयाँ लिन पाउने व्यवस्था गर्दै निर्देशन जारी गर्दा पनि यी दुवै बैंकले भने सि-आस्वा शुल्कवापत तोकिएको भन्दा बढी रकम असुल गरेका छन् । धितोपत्र बोर्डले मंगलबार नै कार्यान्वयन हुनेगरी सि-आश्वावापत बढीमा ५ रुपैयाँमात्र लिन निर्देशन जारी गरेको थियो ।
माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनिल खतिवडाले धितोपत्र बोर्डको सो निर्देशनका बारेमा बैंकमा ढिलोगरी जानकारी आएको र बोर्डको निर्देशनविपरित उठाइएको रकम फिर्ता गरिदिने बताएका छन् । बोर्डको निर्देशनबारे समयमै थाहा नहुँदा लिनुपर्नेभन्दा बढी रकम असुल भएको स्वीकार्दै उनले अर्थ सरोकारसँग भने -‘सि–आस्वा शुल्का बारेमा बोर्डले गरेको निर्देशनको आधिकारिक जानकारी हामीसम्म पुगेको थिएन, त्यसैले बैंकले ग्राहकबाट नियमित रुपमा लिने शुल्क लिईरह्यो ।आज भर्खर सो निर्देशनको सूचना प्राप्त गरेका छौँ । अबदेखि आस्वा शुल्कवापत बोर्डको निर्देशन अनुसार नै ५ रुपैयाँ लिन्छौँ । अहिलेसम्म ज–जसको आस्वा शुल्कवापत २० रुपैँया काटिएको छ, सबैको पैसा फिर्ता गर्छौं ।’
यता धितोपत्र बोर्डको नियम विपरित ग्राहकबाट चर्को शुल्क असुलेको एनएमबी बैंकमा पनि हामीले सो विषयमा बुझ्ने प्रयास गरेका थियौँ । तर, बैंकका सूचना अधिकारी सुदेश उपाध्यायको भने फोन ‘स्विच अफ’ छ ।
नियामक नेपाल धितोपत्र बोर्डले सि-आस्वा शुल्कको नाममा बैंक तथा वित्तीय संस्थाहरुको नियम विपरित शुल्क असुलेमा ऐन अनुसार कार्वाही हुने बताएको छ । बोर्डका सहप्रवक्ता रुपेश केसीले बोर्डले जारी गरेको निर्देशिकाविपरित शुल्क असुल्नेहरुलाई ऐनबमोजिम कारवाही गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्