×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

विश्व-बजार : माग घटेसँगै ६ महिना यताकै सस्तो भयो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ८८ डलरमा झर्याे !

BIZBAZAR

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ महिना यताकै सस्तो भएको छ । फेब्रुअरीपछि कच्चा तेलको मूल्य सबैभन्दा न्युन बिन्दुमा झरेको हो । शुक्रबार डब्लूटिआई क्रुड तेलको मूल्य घटेर प्रतिब्यारेल ८८.५२ डलरमा झरेको छ । ब्रेण्ट क्रुड तेल प्रतिब्यारेल ९३.७७ डलरमा खरिदब्रिकी भइरहेको छ । दुबई तेलप्रति ब्यारेल ६.९४ प्रतिशतले घटेर ९५.९७ डलरमा किनबेच हुँदैछ ।

दुई महिनायता कच्चा तेल करिब ४० डलरले घटेको छ । बुधबार ४ प्रतिशतले घटेको कच्चा तेल रुस र युक्रेनको युद्ध सुरु हुनुको केहि दिन अघिको स्तरमा पुगेको थियो । हाल कच्चा तेलको भौतिक बजारमा भने केहि खुकुलोपन देखिएको छ । स्पट डेलीभरीहरु साना प्रिमियममा कारोबार भइरहेको छ ।

एक वर्षको तथ्यांक हेर्दा १९ अगस्ट २०२१ मा कच्चा तेल सबैभन्दा सस्तो भएको देखिन्छ । त्यस दिन, कच्चा तेल प्रतिब्यारेल ६२.१४ डलरमा झरेको थियो । यस्तै, कच्चा तेल २०२२ को मार्च ८ मा उच्च विन्दुमा पुगेको थियो । सो दिन कच्चा तेल प्रतिब्यारेल ११९.६५ डलरसम्म पुगेको थियो । आर्थिक संकटको त्रासका कारण कच्चा तेलको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको प्रक्षेपण गरिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal