×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा वीरगञ्ज महानगरपालिकाले किसानलार्ई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पर्सा वीरगञ्ज महानगरपालिकाले किसानलार्ई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

रासस

३१ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । पर्सा वीरगञ्ज महानगरपालिकाले किसानलार्ई थप युरिया मल उपलब्ध गराउने भएको छ । महानगरपालिकाले आफ्ना किसानहरुलाई १० हजार बोरा मल उपलब्ध गराउने भएका हुन् । सोका लागि सोमबार महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लि.का प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईँबीच चार बुँदे सहमति भएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी