×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढ्यो, ईपिएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्राइम कमर्सियल बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढ्यो, ईपिएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

Artha Sarokar

१८ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको खुद नाफामा १२ प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गतवर्षमा भने बैंकले अघिल्लो वर्षको भन्दा १२.६३ प्रतिशत बढी ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफामा बल पुगेको बैंकको प्रक्षेपण रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दे बैंकले खुद ब्याज आम्दानीमा ८.९२ प्रतिशत बढेको जनाएको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानीमा १.४८ प्रतिशतले वृद्धि भएको छ । यता बैंकको सञ्चालन मुनाफा ११.७७ प्रतिशतले बढोत्तरी भएको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

गतवर्ष बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्मा बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसा पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२२ प्रतिशत बढेको छ । बैंकको निक्षेपमा भने ३.९३ प्रतिशत र कर्जामा ९.४४ प्रतिशतले वृद्धि भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी