×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्तको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १३.४० प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जीवन विकास लघुवित्तको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १३.४० प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गतवर्ष जीवन विकास लघुवित्तको खुद नाफामा उल्लेख्य बढोत्तरी भएको छ । लघुवित्तले सार्वजनिक गरेको गतवर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा ७८ करोड १९ लाख ३७ हजार रुपैँया खुद नाफा आर्जन गरेको उल्लेख गरिएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले गरेको प्रक्षेपण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन नाफा ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि कम्पनीकोको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपिएस) ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसा रहेको  छ भने प्रतिसेयर नेटवर्थ पनि ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा  रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १ अर्ब भन्दा माथि पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी