काठमाडौं । राधी विद्युत् कम्पनीले कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष १७.०९ प्रतिशतले खुद नाफामा गिरावट आएको छ ।
गतवर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १४ लाख रुपैयाँ रहेको थियो ।समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा भने बढोत्तरी भएको छ । सो अवधिमा कम्पनीले १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।
त्यस्तै कम्पनीको अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ भने अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ । गतवर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्