काठमाडौं । काठमाडौंबाट नक्कली मदिरासहित पाँच जना पक्राउ परेका छन् । मदिराको ब्राण्ड नै फरक पर्नेगरी मिसावट गरेर बेच्ने गरेको सूचनाका आधारमा छापा मार्दा ठूलो मात्रामा नक्कली मदिरा फेला परेको हो ।
एउटा ब्राण्डको मदिरामा अर्को ब्राण्ड मिसावट गरी ठगि गरेको तथ्य फेला परेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न ब्राण्डका नक्कली मदिरासमेत बरामद गरिएको छ ।
बरामद गरिएको मदिरासहित कारोबारमा संलग्न पाँचै जनाविरुद्ध थप अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौं टेकुले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्