Skip to content
LAXMI SUNRISE BANK

नक्कली रक्सी बेच्ने ५ जना प्रहरी नियन्त्रणमा, ‘ब्ल्याक लेबल’ मा लोकल ठर्रासमेत मिसाइएको खुलासा !

अर्थ सरोकार

काठमाडौं । काठमाडौंबाट नक्कली मदिरासहित पाँच जना पक्राउ परेका छन् । मदिराको ब्राण्ड नै फरक पर्नेगरी मिसावट गरेर बेच्ने गरेको सूचनाका आधारमा छापा मार्दा ठूलो मात्रामा नक्कली मदिरा फेला परेको हो ।

एउटा ब्राण्डको मदिरामा अर्को ब्राण्ड मिसावट गरी ठगि गरेको तथ्य फेला परेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न ब्राण्डका नक्कली मदिरासमेत बरामद गरिएको छ ।

बरामद गरिएको मदिरासहित कारोबारमा संलग्न पाँचै जनाविरुद्ध थप अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौं टेकुले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK