काठमाडौं । गतवर्ष राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य बढोत्तरी भएको छ । लघुवित्तले सार्वजनिक गरेको गतवर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा ६ करोड ६५ लाख २ हजार रुपैँया खुद नाफा आर्जन गरेको उल्लेख गरिएको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४१.१७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तले गरेको प्रक्षेपण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । कम्पनीले ८ लाख ५ हजार रुपैयाँ राइट ब्याक गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले २२ लाख ३३ हजार रुपैयाँ राइट ब्याक गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको रिजर्भ कोष ५४.४२ प्रतिशतले बढेर १८ करोड २२ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसको रोजर्भमा ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।