×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० खर्ब बढी विप्रेषण भित्रियो, आप्रवाहमा २.२ प्रतिशतले वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१० खर्ब बढी विप्रेषण भित्रियो, आप्रवाहमा २.२ प्रतिशतले वृद्धि

रासस

१ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा रु. १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सो आवको मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो आवमा यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ । अघिल्लो आवमा यस्तो सङ्ख्या ६२ दशमलब आठ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा गत आवमा १९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ । अघिल्लो आवमा यो सङ्ख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई रु. ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमवल एक प्रतिशतले बढेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी