काठमाडौं । साना किसान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७० करोड ८३ लाख २९ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन नाफा गत वर्षको तुलनामा १७.४५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन सफल भएको थियो । यस्तै कम्पनीकोे खुद ब्याज आम्दानी १०.६८प्रतिशत र सञ्चालन नाफा १६.३९ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार भएको हो ।
चुक्ता पुँजी २५ प्रति ले बढेको कम्पनीको रिजर्भ कोषमा पनि १५.०१ पतिशतले सुधार भएर १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा ०.६८ प्रतिशतमा सीमित हुँदा प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ८६ पैसाले घटेर ४५ रुपैयाँ २८ पैसामा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २६६ रुपैयाँ ८ पैसा रहेको छ ।