×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सान्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता आइपीओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

Artha Sarokar

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज भदौ ५ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको  हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं.५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा असोज ४ गतेसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी