×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट, ६७ हजार ५८ जनाले बजाए ताली, बाँकीको हात खाली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट, ६७ हजार ५८ जनाले बजाए ताली, बाँकीको हात खाली !

Artha Sarokar

२४ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । साउन २४ गते (आज) धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले १३ साउनदेखि सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । उक्त आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७९० कित्ताको लागि आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापीटलले जनाएको छ ।  जसमध्ये ८७३ जना आवेदकले दोहोरो आवेदन गरेको र सोबाट प्राप्त १० हजार १४० कित्ता रितपूर्वक नदेखिएको रद्ध गरिएको छ ।

१४ लाख १२ हजार ४६८ जनाबाट १ करोड ५४ लाख ८२ हजार ९६० कित्ताको लागि रितपुर्व आवेदन प्राप्त भएको जनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार सम्पुर्ण रितपूर्वक आवेदन दिने आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुँदा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।  यसरी बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्तामध्ये ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

विभिन्न ४ तरिकाबाट यस कम्पनीको आइपिओ नतिजा हेर्न सकिनेछ । जस अनुसार बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सयपत्री  हाइड्रो कम्पनीको वेबसाइट  http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी