Skip to content
LAXMI SUNRISE BANK

एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, ईपिएसमा पनि उल्लेख्य वृद्धि, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल एसबिआई बैंकको खुद नाफामा उल्लेख्य रुपमा बढोत्तरी भएको छ । गत वर्ष बैंकले कुल १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७०.०४ प्रतिशत बढी हो । अघिल्लो वर्षमा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गतवर्ष बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशतले बढेको छ । बैंकको खुद फि तथा कमिसन आन्दानीमा पनि २१.०५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकको कुल संचालन आम्दानी ३९.८३ प्रतिशतले बढेको छ भने संचालन मुनाफा ७५.०१ प्रतिशतले बढेको छ ।

गतवर्ष बैंकको खुद नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको ईपिएस ६ रुपैयाँ ५२ पैसाले बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिसेयर नेथवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको बैंकको प्रक्षेपण रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK