×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० दिनभित्र चार ठाउँ हुँदैछ सुवासचन्द्र भट्टराईको सेयर तालिम, यस्तो छ सहभागी हुने प्रक्रिया (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१० दिनभित्र चार ठाउँ हुँदैछ सुवासचन्द्र भट्टराईको सेयर तालिम, यस्तो छ सहभागी हुने प्रक्रिया (विवरणसहित)

Artha Sarokar

२५ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काडमाडौं । सेयर बजार सेचतनाको अभियान अन्तर्गत देशभरका ४ ठाउँमा सेयर तालिम आयोजना  हुने भएको छ । यही साता ‘सेयर गुरु’ सुवासचन्द्र भट्राईले देशभरका चार जिल्लामा सेयर बजारमा नवप्रवेशी तथा सिक्न चाहने लगानीकर्ताका लागि तालिम संचालन गर्ने भएका हुन् ।

सेयर तालिमको तालिका अनुसार यही साउन २७ गते अर्थ सरोकार डटकमको आयोजनामा काठमाडौंमा एक दिने तालिम आयोजना गरिनेछ । जहाँ काठमाडौंमा रहेका सेयर लगानीकर्ताहरुले सहभागिता जनाउन सक्नेछन् । साउन २८ गते पोखरमा तालिमको आयोजना गरिनेछ । पोखराको पोखरा तालचोकमा आयोजना हुने एक दिने सेयर तालिमको आयोजना भने लेखनाथ जेसिसले गर्नेछ । यता लमजुङ जेसिसकै आयोजनामा ३० गते लमजुङमा पनि तालिमको आयोजना गरिने छ । लमजुङको गेट वे हिमालय रिसोर्ट, बेशिसहरमा तालिमको आयोजना हुने आयोजकले जनाएको छ ।

यस्तै भदौ ४ गते पनि विरगञ्जमा विरगञ्ज उद्योग वाणिज्य संघ, नासा सेक्युरिटीज कम्पनी र अर्थ सरोकार डटकमको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिनेछ । विरगञ्जमा हुने सेयर तालिममा प्रशिक्षकका रुपमा सेयर गुरु सुवासचन्द्र भट्टराई, हरि ढकाल, शिवचन्द्र लगायत रहनेछन् । तालिम विरगञ्ज उद्योग वाणिज्य संघको कार्यालयमा हुने आयोजकले जनाएको छ ।

२७ गते काठमाडौंमा हुने तालिममा सहभागी हुनका लागि अर्थ सरोकारको मोबाइल एप्लिेकेशन डाउनलोड गरी रजिष्ट्रर गर्नुपर्नेछ । रजिष्ट्रर गरिसकेका सहभागीहरुलाई तालिमको समय र स्थान तय भएपछि सम्पर्क गरिनेछ । अर्थ सरोकारको मोबाइल एप्लिेकेशन ‘प्ले स्टोर’ र ‘एप स्टोर’ दुवैमा उलपब्ध छ । त्यस्तै लमजुङ आयोजना हुने तालिमका लागि ९८५६०४५०९९, ९८५६०४८५४९ र ९८५६०४६६३५ सम्पर्क गरी सिट बुक गर्न सकिनेछ भने पोखरामा हुने तालिममा ९८५६०३२२३९, ९८५६०६१२२६ र ९८५६०३५५३४ मा सम्पर्क गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी